२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 6:12 pm
Banner

ट्याक्टर दुर्घटना हुँदा अछाममा ४ जनाको मृत्यु

सूचना प्रेस २०८० चैत्र १२ सोमबार ००:००, १०:३४ बजे १ मिनेट पढाइ

धनगढी । अछाममा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

आज बिहान मेल्लेख गाउँपालिकामा सुदूरपश्चिम प्रदेश ०१००२त ४९७९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक अर्जुन साउँदले जानकारी दिए ।

उनकाअनुसार दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन् । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।