८ मंसिर २०८१, शनिबार 1732387037
Banner

दुर्गा प्रसाईँका बडीगार्डलाई तत्काल रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं। सर्वोच्च अदालतले हतियारसहित पक्राउ परेका दुर्गा प्रसाईँको बडीगार्डहरुलाई तत्काल रिहा गर्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले रामकुमार धिमाल र दीपक खड्कालाई छाड्ने आदेश दिएको हो ।

उनीहरु केही दिनअघि सर्वोच्च परिसरबाट हतियारसहित पक्राउ परेका थिए । उक्त हतियार मेडिकल व्यवसायी प्रसाईँले अनुमती लिएर राखेको थिए । वि एण्ड सी मेडिकल कलेजको मुद्दाको सुनुवाइका क्रममा प्रसाईँसँगै सर्वोच्च पुगेका बडीगार्डद्वयले हतियार पनि सँगै लगेपछि नियन्त्रणमा लिइएको थियो ।

प्रसाईँका बडीगार्डद्वयका परिवारले गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए । सोही रिटमा सुनुवाइ गर्दै सर्वोच्चले तत्काल रिहाइका लागि भनेको हो ।