९ मंसिर २०८१, आइतबार 1732448425
समाचार

ग्लोबल आईएमई बैंकले प्लास्टिक खपत कम गर्ने

काठमाडौं-ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिकविरुद्ध पृथ्वी) अभियानमा ऐक्यबद्धता जनाउँदै बैंकभित्र प्लाष्टिकको खपत घटाउँदै वातावरणमैत्री दिगो अभ्यासहरूको अनुसरण गर्ने भएको छ। 

बैंकले आगामी ३ वर्षमा प्लास्टिकको खपत न्यूनीकरण गर्ने प्रतिबद्धता समेत जनाएको छ।

यो वातावरणमैत्री पहल बैंकको कर्पोरेट कार्यालयबाट प्रारम्भ भर्ई सबै प्रादेशिक कार्यालयहरूमार्फत मुलुकभरका सम्पूर्ण शाखा कार्यालयहरुमा विस्तार हुनेछ।

बैंकले आफ्नो स्थापनाकालदेखि नै प्लास्टिक खपत न्यूनीकरण गर्ने र प्लास्टिक प्रदूषणविरुद्ध सचेतना फैलाउने विभिन्न क्रियाकलापहरु गर्दै आएको छ। 

ग्लोबल आइएमई बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटीएम, २७७ शाखारहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजार १ सयभन्दा बढी सेवा केन्द्र छन्। 

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ।