१ मंसिर २०८३, मंगलबार Tuesday, 17 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 9:20 pm
Banner

कीर्तिपुरमा बस दुर्घटना : एकजनाको मृत्यु, तीन घाइते

सूचना प्रेस २०८१ बैशाख २३ आइतबार ००:००, १६:०७ बजे १ मिनेट पढाइ

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा आइतबार यात्रीवाहक बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । तीनजना घाइते छन् ।

कीर्तिपुर–रत्नपार्क रुटमा चल्ने बा३ख २०२७ नम्बरको बस कीर्तिपुर आयुर्वेदिक अस्पतालअगाडि दुर्घटना भएको हो । घाइते तीनजनालाई अस्पताल लगिएको छ । उनीहरूको उपचार जारी छ ।

आइतबार दिउँसो करिब पौने ३ बजे भएको उक्त दुर्घटनाको विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।