३ कार्तिक २०८१, शनिबार 1729324949
Banner

कान्तिपुरका अध्यक्ष सिरोहिया धनुषा प्रहरीको हिरासतमा

काठमाडौँ — कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला प्रहरी कार्यालय धनुषाले हिरासतमा लिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार पक्राउ गरेर अध्यक्ष सिरोहियालाई धनुषा लगेको हो ।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई जिल्ला प्रशासनले दिएको नागरिकताको नम्बर अर्को व्यक्तिसँग मिलेको भन्दै कार्यकक्षबाटै गिरफ्तार गरिएको हो ।