४ आश्विन २०८१, शुक्रबार 1726870779
Banner

बजेटप्रति ओलीको असन्तुष्टि, ‘परामर्श नगरी ल्याइयाे’

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेटमा केही त्रुटि रहेकाले यस विषयमा संसदमा खुलस्त छलफल गर्ने बताएका छन् ।

शनिबार एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बजेट अर्थमन्त्री र उनको दलको जस्तो बनेको टिप्पणी गर्दै आगामी आर्थिक वर्षको बजेट अलि बढी एकातिर ढल्किएको जस्तो देखिएको बताए ।

उनले भने, ‘बजेट सरकारमा सहभागी दलहरुसँग परामर्श गरेर छलफल गरेर आएको भए धेरै राम्रो हुन सक्थ्यो । छलफल नहुँदा यो अर्थमन्त्रीको बजेट हो कि अर्थमन्त्रीको पार्टीको बजेट हो कि जस्तो देखिन गएको छ । रकमको बाँडफाँड पनि त्यस्तै गरेर अलि बढी एकातिर ढल्किएको जस्तो देखिन्छ ।’

सांसदहरुले आफ्नो क्षेत्रमा बजेटको अवस्था के छ, कटौती भएको छ र अन्य क्षेत्रमा गएको छ भने कुरा उठाउन सक्ने उनको भनाई छ ।