३ आश्विन २०८१, बिहिबार 1726782803
Banner

खोलाले जिप बगाउँदा दुई जनाको मृत्यु

इलाम- इलामको माङ्सेबुङ गाउँपालिका-५ लारुम्बाबाट झापाको दमकतर्फ जाँदै गरेको जिप इलामको चुलाचुली गाउँपालिका-५ स्थित रतुवा खोलाले बगाउँदा दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक प्रभु ढकालका अनुसार मृतक दुवै जनाको सनाखत हुन सकेको छैन । उनीहरुको शव मदनभण्डारी राजमार्गअन्तर्गत चुलाचुली गाउँपालिका र झापाको बेलडाँगी छेउ रतुवा पुलमा फेला परेको हो । मृतकमा एक शिशु र एक महिला रहेका छन् । जिपमा कति जना सवार थिए भन्नेबारे यकीन हुन नसकेको प्रहरीले जनाएको छ ।