३ आश्विन २०८१, बिहिबार 1726783470
अर्थ

अर्थमन्त्रीलाई राजीनामा दिन जनस्तरबाट दबाब

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई ‘पब्लिकली ह्यारेस’ गर्दै आएका अर्थमन्त्री जनार्दन शर्मामाथि राजीनामा दिन दबाब बढेको छ ।

निलम्बित गभर्नर महाप्रसाद अधिकारीले दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएलगत्तै अर्थमन्त्री शर्मामाथि नैतिक दबाब पर्न सुरु भएको छ । न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले गभर्नर अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय अर्को आदेश जारी नभएसम्मका लागि कार्यान्वयन नगर्न आदेश दिएको हो ।

सर्वोच्चले वैशाख १३ गते छलफलका लागि दुवै पक्षलाई बोलाएको छ ।