५ आश्विन २०८१, शनिबार 1726928468
Banner

कुशल भुर्तेलले लिए दोस्रो विकेट

काठमाडौं । जारी टी–२० विश्वकपअन्तर्गत दक्षिण अफ्रिका विरुद्धको खेलमा नेपालले दोस्रो सफलता हात पारेको छ । नेपालका लागि कुशल भुर्तेलले दोस्रो विकेट लिएका हुन् ।

उनले ऐडन मार्क्रमलाई आउट गरे । मार्क्रम १५ रन बनाएर आउट भए । दक्षिण अफ्रिकाले १२ ओभरमा २ विकेटको क्षतिमा ६९ रन बनाएर खेलिरहेको थियो । यसअघि दीपेन्द्र सिंह ऐरीले पहिलो विकेट लिएका थिए ।

जारी खेलको १२ ओभर समाप्त हुँदा दक्षिण अफ्रिकाले दुई विकेट गुमाएर ६९ रन बनाएको छ ।

दक्षिण अफ्रिकाले सुपर–८ मा स्थान निश्चित गरिसकेको छ ।