१ जेष्ठ २०८३, शुक्रबार 1778901212
Banner

काठमाडौंमा पेट्रोल अभाव, बन्द भए पम्प

काठमाडौं । काठमाडौं उपत्यकामा पेट्रोल अभाव देखिएको छ । ट्यांकर व्यवसायीहरूका विभिन्न संघ संस्थाको विरोधका कारण उपत्यकामा पेट्रोल अभाव देखिएको हो । थानकोटबाट आउने पेट्रोल ट्यांकर व्यवसायीहरूले उतै रोकेका छन् ।

शनिबारदेखि नै ट्यांकर चालकले विभिन्न माग राख्दै आन्दोलन गरिरहेका छन्। यसै कारण पेट्रोलियम पदार्थ अभाव देखिएको हो। नेपाल पेट्रोलियम ट्यांकर चालक संघले सातबुँदे माग राख्दै शनिबारदेखि आन्दोलन थालेको हो।

आफूहरूले लामो समयदेखि अत्यावश्यक सेवासुविधा बिनै लामो समयदेखि नेपाल आयल निगममा काम गरेको भन्दै उनीहरूले असन्तुष्टि जनाएका छन्।