४ आश्विन २०८१, शुक्रबार 1726871504
Banner

सुर्खेतमा इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु

सुर्खेत- सुर्खेत सदरमुकाम  वीरेन्द्रनगर-११,  पिपिरामा इनार सफा  गर्ने क्रममा निसासिएर दुई जनाको मृत्यु भएको छ ।

स्थानीय तोर्ण विकको घरको इनार सफा गर्ने क्रममा निसासिएर वीरेन्द्रनगर-११, निवासी ३२ वर्षीय विद्याप्रसाद रेग्मी र ३१ वर्षीया लक्ष्मी कँडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्रवीर विश्वकर्माका अनुसार अक्सिजन कमी भएपछि बेहोस भएका दुबै जनालाई उपचारका लागि प्रदेश अस्पताल कालागाउँ सुर्खेत पुर्‍याइए पनि डाक्टरहरुले उनीहरुलाई मृत घोषणा गरेका थिए ।