६ आश्विन २०८१, आइतबार 1727031991
Banner

संसद भवन भित्र प्रहरीका एक जवानले आफैँलाई गोली हाने

काठमाडौं : संघीय संसद भवन भित्र नेपाल प्रहरीका एक जवानले आफैँलाई गोली हानेका छन्। आफैँलाई गोली हानेका प्रहरी जवान अजित गोलेको मृत्यु भएको हो। बिहान ६ बजेदेखि ड्यूटीमा बसेका अजितले शौचालय छिरेर गोली हानेका थिए।

प्रहरीको विशेष सुरक्षा दस्ता (एसटीएफ) मा कार्यरत् रहेका उनले आफैँले बोकेको पेस्तोलले निधारमा गोली हानेको र घटनास्थलमै मृत्यु भएको प्रहरी स्रोतले पुष्टि गरेको छ।

२२ वर्षीय प्रहरी जवान अजितले दुई नम्बर गेटको शौचालायमा छिरेर गोली हानेका थिए। उनी नेपाल प्रहरीमा ३ वर्षदेखि कार्यरत् थिए।