४ आश्विन २०८१, शुक्रबार 1726842191
Banner

निलम्बित मुख्यसचिव अर्याललाई योजना आयोगमा सरुवा गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले मुख्यसचिवबाट निलम्बित बैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा सरुवा गरेको छ ।

अन्तःशुल्क स्टिकर खरिद प्रक्रियामा भ्रष्टाचार आरोपित निलम्बित मुख्यसचिव बैकुण्ठ अर्याललाई सरकारले आज राष्ट्रिय योजना आयोगमा विशेष पद सिर्जना गरी सरुवा गर्ने निणर्य गरेको हो ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले राष्ट्रिय योजना आयोगमा राजपत्राङ्कित विशिष्ट श्रेणीको मुख्यसचिव सरहको विशेष पद सिर्जना गरी उहाँलाई सरुवा गर्ने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

शर्माले भन्नुभयो, ‘मुख्यसचिवविरुद्ध मुद्दा दर्ता भएसँगै उहाँ स्वत निलम्बनमा पर्नुभएको छ । हाललाई राष्ट्रिय योजना आयोगमा राजपत्राङ्कित विशिष्ट श्रेणीको मुख्यसचिवसरहको विशेष पद सिर्जना गरी उहाँलाई उक्त पदमा सरुवा गर्ने निणर्य भएको छ ।’ शर्माले अर्यालको अवधिभर विशेष पद रहनेसमेत बताउनुभएको छ ।

अर्यालविरुद्ध आइतबार अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गराएको छ ।