३ कार्तिक २०८१, शनिबार 1729373484
Banner

शीतल निवास पुग्यो सभामुखको पत्र, आजै राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत नपाएपछि पदमुक्त हुनुभएको छ। पदमुक्त भएको संसद सचिवालयले राष्ट्रपतिलाई जानकारी गराएको छ।

१३८ मत आवश्यक पर्नेमा ६३ मात्र पाएर प्रधानमन्त्री पदमुक्त भएकाले नयाँ सरकार गठनको आह्वानका लागि सभामुख देवराज घिमिरेले मत परिणामसहितको जानकारी शीतल निवास पठाउनुभएको हो ।

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदको पत्र शीतल निवास पुगिसक्नुभएको छ ।अब राष्ट्रपतिको आह्वानको पर्खाइमा आफूहरु रहेको उहाँले बताउनु भयो। एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन कांग्रेससहितका दलहरुको समर्थन रहेको पत्र तयार रहेकाले राष्ट्रपतिले बोलाउना साथ जाने तयारी छ।