२३ कार्तिक २०८३, सोमबार Monday, 9 November 2026
हामीलाई पछ्याउनुहोस्
२३ कार्तिक २०८३, सोमबार 6:05 pm
Banner

सिमलताल दुर्घटनापछि शव भेटिएका दुई जनाको सनाखत

सूचना प्रेस २०८१ असार ३० आइतबार ००:००, १६:४९ बजे १ मिनेट पढाइ

नारायणगढ। चितवन सिमलताल दुर्घटनामा बेपत्ता भएर आइतबार शव भेटिएका दुई जनाको सनाखत भएको छ। भारत बिहार बेतिया जिल्ला पश्चिम चम्पारण २२ बस्ने ४० वर्षीय सजाद अन्सारी र रौतहटका प्रकाश ठाकुरको पहिचान भएको हो। 

उनीहरूको साथमा भेटिएको परिचय पत्रका आधारमा उनीहरूको सनाखत भएको प्रहरी नायव उपरीक्षक भेषराज रिजालले जानकारी दिनुभयो। प्रकाशको गैँडाकोटमा र सजातको मेघौली गोलाघाटमा शव भेटिएको हो। 

सजात काठमाडौँ कलङ्कीमा व्यवसायी गरी बस्ने, बा. प्र. ०३–००६ ख १५१६ नम्बरको बस वीरगन्जबाट काठमाडौँ जाने बसमा सवार रहेको बताइएको छ। यस्तै ठाकुर काठमाडौँबाट गौर जाने क्रममा दुर्घटनामा परेका हुन्।