४ आश्विन २०८१, शुक्रबार 1726849736
Banner

यी हुन् एमालेबाट सरकारमा जाने ८ मन्त्री

काठमाडौं । नेकपा एमालेले सरकारमा सहभागी हुने ८ जना मन्त्रीको टुंगो लगाएको छ। शीर्ष नेताहरुको बैठकले मन्त्रीहरुको नाम टुंगो लगाएको हो ।

स्रोतका अनुसार एमालेले उपाध्यक्ष विष्णु पौडेललाई उपप्रधानमन्त्रीसहित अर्थ मन्त्रालयको जिम्मेवारी दिने तय भएको छ। त्यसैगरी मन्त्री बन्ने अन्य नेताहरूमा उपमहासचिव पृथ्वीसुबबा गुरुङ, सचिवहरू योगेश भट्टराई र छविलाल विश्वकर्मा छन् । एमालेका एक नेताका अनुसार विष्णु पौडेल उपप्रधानमन्त्री तथा अर्थमन्त्री बन्नेछन् भने, पृथ्वीसुब्बा गुरुङ सञ्चारमन्त्री बन्ने तय भएको छ ।

त्यस्तै देवेन्द्र दाहाल भौतिक पूर्वाधार तथा यातायामन्त्री, दामोदर भण्डारी उद्योगमन्त्री र विद्या भट्टराई शिक्षामन्त्री बन्दैछन् ।

त्यसैगरी बलराम अधिकारी भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री र मानवीर राई रक्षामन्त्री बन्दैछन् । यस्तै एमालेबाट राजकुमार गुप्ता पनि मन्त्री बन्दैछन् ।

एमालेबाट मन्त्री बन्नेमा विद्या भट्टराई, राजकुमार गुप्ता, देवेन्द्र दाहाल, मानवीर राई पहिलो पटक मन्त्री बन्न लागेका हुन् ।