२ कार्तिक २०८१, शुक्रबार 1729304193
Banner

आज मौद्रिक नीति सार्वजनिक नहुने, तयारी नपुगेको भन्दै रोकियो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक नगर्ने भएको छ । शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको राष्ट्रबैंकले अन्तिम समयमा आएर तयारी नपुगेको भन्दै रोकेको हो ।

सञ्चालक समितिमा मौद्रिक नीतिबारे छलफल गर्ने समय कम भएको भन्दै तत्काललाई रोकिएको स्रोतले जनाएको छ । यसअघि आज बिहान राष्ट्र बैंक सञ्चालक समिति बसेर नीति पारित गर्ने तयारी थियो । आज बिहान सञ्चालक समितिको बैठक बसेपनि नीतिबारे छलफल गर्न समय कम भएको बताइएको छ पूर्व अर्थमन्त्री र गर्भनरसमेत रहिसकेका खतिवडालाई मौद्रिक नीतिबारे ब्रिफिङ गर्नु पर्ने भएकाले पनि आज ल्याउन लागिएको मौद्रिक नीति सार्वजनिक नहुने भएको हो ।