३ आश्विन २०८१, बिहिबार 1726783485
अर्थ

एनएमबि बैंकमा ८.९२ प्रतिशतदेखि घर कर्जा पाइने

काठमाडौँ । एनएमबि बैंकले एनएमबि होम लोनमा मात्र ८.९२ प्रतिशत बाट सुरु हुने फ्लोटिङ ब्याजदर उपलब्ध गराउने भएको छ । एनएमबि होम लोनको साथ ग्राहकहरूले फ्लोटिङ दरको लचिलोपनको आनन्द लिन सक्ने बै‌ंकको भनाई छ । जसले ग्राहकको आफ्नो सपनाको घर सुरक्षित गर्दा सम्भावित बजार उतार–चढावबाट फाइदा लिन सक्ने बैंकले जनाएको हो ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १८७ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।