७ आश्विन २०८१, सोमबार 1727119004
Banner

बागमती, लुम्बिनी र कर्णालीमा नयाँ प्रदेश प्रमुख नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेका छन्। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति पौडेलले बागमती, लुम्बिनी र कर्णालीमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेका हुन्।

बागमतीमा कैलालीका दीपकप्रसाद देवकोटा, लुम्बिनीमा रोल्पाका कृष्णबहादुर घर्तीमगर र कर्णालीमा बझाङका यज्ञराज जोशीलाई प्रदेश प्रमुख नियुक्त गरिएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।

त्यसअघि उनले बागमतीका यादवचन्द्र शर्मा, लुम्बिनीका अमिक शेरचन र कर्णालीका तिलक परियारलाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।