२८ भदौ २०८३, आइतबार 1789329729
Banner

बिरामी लिएर उडेको हेलिकोप्टर खेतमा आकस्मिक अवतरण

कालिकोट । डोल्पाबाट बिरामी लिएर सुर्खेत जाँदै गरेको हेलिकोप्टर प्रतिकूल मौसमको कारण आकस्मिक अवतरण भएको छ।

सुर्खेतको लेखबेंसी नगरपालिका–६ पुरानो घाट नजिकै धान खेतमा आकस्मिक अवतरण गरिएको हो। आकस्मिक अवतरणपछि हेलिकोप्टर ठूलो दुर्घटनाबाट जोगिएको हो।

जिल्ला प्रहरी कार्यलय सुर्खेतका प्रमुख एसपी रुपेश खड्काका अनुसार हेलिकोप्टर आकस्मिक अवतरण गरिएपछि बिरामीलाई एम्बुलेन्समार्फत प्रदेश अस्पतालमा पठाइएको छ।