६ आश्विन २०८१, आइतबार 1727018381
अर्थ

काठमाडौं मेडिकल कलेज सक्षम भएको जानकारी आम नागरिकलाई मिलेको छ : डा. सुनिल शर्मा

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवं अस्पतालका प्रमुख डा. सुनिल शर्माले पूर्वजन्ममा धेरै पुण्य गरेको फल अहिले प्राप्त भएको बताए । बिहीबार सौर्य विमान दुर्घटनाबाट घाइते पाइलट मिनषरत्न शाक्यको स्वास्थ्यअवस्था बुझ्न काठमाडौं मेडिकल कलेज पुगेका डा. शर्मालेले यस्तो बताएका हुन् ।

उनले काठमाडौं मेडिकल कलेज प्राविधिक रुपमा कति सक्षम भन्ने कुरा पनि आम नागरिकलाई जानकारी मिलेको बताए । उनले अस्पताल र चिकित्सकहरुको मेहनतले पाइलट शाक्यलाई बचाउन सकेको बताए ।

उनले भने, ‘पुर्खाहरुले राम्रो कर्म गरेकाले धेरे पुण्य काम गरेकाले उहाँ जीवित हुनुहुन्छ । किनभने सबै मर्ने उहाँ बाँच्नसक्ने भन्ने हुँदैन । उपचार गरेर उहाँलाई जोगाउने हाम्रो चिकित्सक टिमलाई पनि धन्यवाद दिन्छु । काठमाडौं मेडिकल कलेज प्राविधिक रुपमा कति सक्षम छ, भन्नेकुरा पनि आम जनतालाई बुझ्न सजिलो बनाएको छ ।’

यता, अस्पतालकी निर्देशक डा. मिना थापाले पाइलट शाक्यको अवस्था सामान्य हुँदै गएको बताइन् । अवस्था सामान्य बन्दै गएपनि घरमा उपचार भने जारी राख्नुपर्ने बताइन् ।

उनले भनिन्, ‘मनिषरत्न शाक्यको स्वास्थ्य स्थिति सामान्य हुँदै गएको छ । सोचेअनुसारको स्वास्थ्य अवस्था सुधार भएको छ । उहाँको उपचार घरमा बसेर पनि लगातार हुन्छ । उहाँको ढाडको एउटा हड्डि भाँचिएको हो ।’

उनले तत्काल काममा फर्किनसक्ने अवस्था भने नरहेको बताइन् । पाइलट शाक्यलाई आज नै डिस्चार्ज गर्ने तयारी रहेको अस्पतालले जनाएको छ । साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको विमान धावनमार्गनजिकै दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाएका थिए ।

सोही घटनामा शाक्यलाई भने घाइते अवस्थामा उद्धार गरेर केएमसी लगिएको थियो ।