३ आश्विन २०८१, बिहिबार 1726786808
राजनीति

जुछे विचारधारा भक्तपुर नगरमा लागू हुन सक्दैन : नेता भट्टराई

काठमाडौं । नेकपा एमालेका केन्द्रिय सदस्य निर्मल भट्टराईले भक्तपुर नगरपालिकामा जुछे विचारधारा लागू हुन नसक्ने बताउनु भएको छ । नेकपा (एमाले) भक्तपुर नगरपालिका ७ नं वडा अधिवेशन समारोहमा भट्टराईले सो कुरा बताउनुभएको हो ।

‘नेमकिपाले नेपालको कम्युनिष्ट आन्दोलनका महान विचार जनताको बहुदलीय जनवाद र महान हस्ती पुष्पलाल, मदन भण्डारी, मनमोहन अधिकारीको सधैं विरोध गर्नु तर जुछे विचारधाराको बखान र विवादास्पद, आफ्नो सोखको लागि राज्यको करोडौं रकम खर्च गर्ने कम्युनिष्ट चरित्रबाट च्यूत हुँदै गएका उत्तर कोरियाली शासक किम जोन उललाई आदर्श मान्नु आश्चर्यजनक छ’।उहाँको कथन थियो ।

नगरकमिटी अध्यक्ष मदन द्योलाले भक्तपुरका जनतामाथि नेमकिपाले ज्याजति गरिरहेको बताउनु भयो । नेकपा (एमाले) प्रदेश कमिटी सदस्यद्वय मिलन सुवाल र दिपक विसुङ्के जिल्ला सल्लाहकार शिवलाल बाहला र नेपाल बुध्दिजिवी परिषद्का केन्द्रिय सदस्य सुनिल ग्वाछा समेत उपस्थित रहेको सो दोश्रो अधिवेशनले श्रीप्रसाद लवजु अध्यक्ष र राजप्रताप ग्वाछा सचिव रहेको नयाँ कमिटी सर्वसम्मत निर्वाचित गरेको छ ।