४ आश्विन २०८१, शुक्रबार 1726836246
Banner

नुवाकोटको सूर्यचौरमा हेलिकप्टर दुर्घटना

काठमाडौं- नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर-७ सूर्यचौरमा हेलिकप्टर दुर्घटना भएको छ।

जिल्ला प्रहरी कार्यालयका नुवाकोटका अनुसार एयर डाइनेस्टीको हेलिकप्टर सूर्यचौरमा दुर्घटनामा परेको हो । उक्त हेलिकप्टर जलेको अवस्थामा भेटिएको छ। काठमाडौंबाट उडेको हेलिकप्टर दुर्घटनामा परेको प्रारम्भिक जानकारी आएको र विस्तृत विवरण आउन बाँकी भएको प्रहरीले बतायो ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता सुभाष झाले हेलिकप्टर दुर्घटनामा परेको बताए । नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना भएको हो ।

उनले भने, ‘हामी त्यहाँ जादै छौं । दुर्घटना भएको भनेर जानकारी आएको छ ।’ केही यात्रुको पनि ज्यान गएको खबर हामीलाई आएको छ ।’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार सो हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाइरहेका थिए ।