३ आश्विन २०८१, बिहिबार 1726730411
कला/साहित्य

गायक प्रकाश तिमिलसिनाको निधन

काठमाडौं । गायक प्रकाश तिमल्सिनाको निधन भएको छ। ​ तिमल्सिनाको शनिबार साँझ निधन भएको संगीतकार वसन्त सापकोटाले जानकारी दिए।

घरमै बेडमा अचेत अवस्थामा फेला परेपछि परिवारले पाटन अस्पताल पुर्‍याएको र अस्पताल पुर्‍याउँदा उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।

गायन प्रतियोगिता नेपाली ताराबाट उदाएका प्रकाश भैंसेपाटीमा बस्दै आएका थिए। उनका ‘प्रिय तिम्रो सिउँदोमा सिन्दुर भर्न देऊ’ लगायत दर्जनौं गीत लोकप्रिय छन्।

२०४५ सालमा कोशीमा आएको बाढीले घर परिवार सबै गुमाएका उनले आँखाको ज्योति पनि गुमाएका थिए। प्रकाशको अन्तिम संस्कार आज बिहान पशुपति आर्यघाटमा गर्ने तयारी रहेको छ ।