३१ भाद्र २०८१, सोमबार 1726537671
कला/साहित्य

नायिका अरुणिमा लम्सालले गरिन् दोस्रो विवाह

काठमाडौँ । अभिनेत्री अरुणिमा लम्सालले दोस्रो विवाह गरेकी छन् । उनले कांग्रेस नेता युवराज श्रेष्ठसँग विवाह गरेकी हुन् । सोमबार काठमाडौँको बत्तीसपुतलीस्थित राम मन्दिरमा दुईबिच विवाह भएको हो ।

श्रेष्ठ वराहक्षेत्र नगरपालिका, चतरा सुनसरीका स्थानीय कांग्रेस नेता हुन् । उनी वराहक्षेत्र नगर कमिटीका उपसभापति समेत हुन् । निकट आफन्त र परिवारको उपस्थितिमा उनीहरुले विवाह गरेका हुन् ।

उनीहरुले मागी विवाह गरेको बताइएको छ । केही दिनअघि यी दुई जनाले सुनसरी जिल्ला अदालतमा कोर्ट म्यारिज समेत गरिसकेका छन् ।