५ मंसिर २०८३, शनिबार Saturday, 21 November 2026
हामीलाई पछ्याउनुहोस्
५ मंसिर २०८३, शनिबार 1:20 pm
Banner

प्रधानमन्त्री ओली र भारतका विदेश सचिव मिस्रीबीच भेटवार्ता

सूचना प्रेस २०८१ श्रावण २७ आइतबार ००:००, १६:१९ बजे १ मिनेट पढाइ

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओली र भारतका विदेशसचिव विक्रमल मिस्रीबीच भेटवार्ता गर्नुभएको छ।

परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा भारतका विदेशसचिव विक्रम मिस्री नेपालको दुईदिने औपचारिक भ्रमणमा काठमाडौं आइपुग्नु भएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सचिव लम्सालले उहाँलाई स्वागत गर्नुभएको थियो। परराष्ट्र मन्त्रालयका अनुसार दुवै  देशका परराष्ट्रसचिवबीच नेपाल–भारत सम्बन्ध र पारस्परिक हितका विविध विषयका साथै आपसी सहयोगलाई विस्तार गर्ने सम्बन्धमा छलफल हुने छ।

भारतका विदेशसचिवको यो भ्रमण नियमित हो। उहाँ हालै विदेशसचिवमा नियुक्त हुनुभएको हो। उहाँको यो भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनुका साथै भारतको ‘छिमेक पहिलो नीति’अन्तर्गत नेपालसँगको सम्बन्धलाई भारतले दिएको प्राथमिकतालाई प्रतिविम्बित गरेको कूटनीतिक क्षेत्रका जानकारहरूले बताएका छन् ।

विदेशसचिव मिस्री भोलि साउन २८ गते स्वदेश फर्कनु हुनेछ।