४ आश्विन २०८१, शुक्रबार 1726858854
विश्व

भारतीय बिदेशसचिवद्धारा आज पशुपतिनाथ मन्दिर दर्शन

काठमाडौं । भारतका विदेश सचिव विक्रम मिस्रीले पशुपतिनाथ मन्दिरमा दर्शन पुजन गरेका छन् । नेपालको दुईदिने औपचारिक भ्रमणमा आएका विदेश सचिव मिस्रीले आज विहान पशुपतिनाथको दर्शन गरेका हुन ।

मिस्री दुई दिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौं आएका हुन् । मिस्रीलाई पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा मिलनकुमार थापाले मन्दिर परिसरमा स्वागत गरेका थिए ।