९ आश्विन २०८१, बुधबार 1727258880
Banner

प्रधानमन्त्री ओलीद्वारा रक्षाबन्धन ग्रहण

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनैपूर्णिमा पर्वको अवसरमा देशवासी सबैलाई शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत जनैपूर्णिमा, रक्षाबन्धन, ऋषि तर्पणी तथा राखी पर्वको अवरमा शुभकामना दिनुभयो ।

जनैपूर्णिमाका दिन गुरु पुरोहित, आफन्तजन एवं इष्टमित्रसँग जनै लगाउने र रक्षाबन्धन बाँध्नाले शत्रुबाट रक्षा हुने जनविश्वास रहिआएको उनले उल्लेख गर्नुभएको छ।

यसैबीच प्रधानमन्त्री ओलीले जनैपूर्णिमा, रक्षाबन्धन तथा ऋषि तर्पणीका अवसरमा आज दिउँसो ब्रह्मकुमारी राजयोग सेवा केन्द्रका राजदिदीहरुबाट रक्षाबन्धन ग्रहण गनुृभयो ।

प्रधानमन्त्री निवास बालुवाटारमा परिवारजनका अन्य सदस्यहरुले पनि रक्षाबन्धन ग्रहण गरेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।