६ आश्विन २०८१, आइतबार 1727050437
Banner

पहिरोले गल्छी–रसुवागढी अन्तर्राष्ट्रिय राजमार्ग अवरुद्ध

नुवाकोट । सडक माथिबाट खसेको ठूलोढुङ्गा सहितको पहिरोको कारण गल्छी–रसुवागढी सडक खण्डमा यातायात सञ्चालन बन्द भएको छ ।

नुवाकोटको बेलकोटगढी नगरपालिका–८ स्थित ठूलोखोला नजिकै सडकको माथिबाट खसेको ठूलोढुङ्गा सहितको पहिरोले ‘डेडिकेटेड डबल लेन’को सडक पूर्ण रुपमा बन्द भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख जे।जंग कार्कीले जानकारी दिनुभयो । उहाँको अनुसार देवीघाटबाट महादेवफाँट हुँदै गल्छी आउजाउ गर्ने सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । सोही रुटको आसपासमा वैकल्पिक सडक समेत नभएको हुँदा यातायातका साधन आउजाउ गर्न समस्या भएको छ ।

धादिङको गल्छीबाट नुवाकोटको त्रिशूली तथा रसुवागढीहुदैँ केरुङ जानुपर्ने सवारीसाधनहरू गल्छीबाट काठमाडौँ नै पुगेर टोखा–छहरे सडक खण्ड प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।