७ आश्विन २०८१, सोमबार 1727107647
Banner

राष्ट्रिय सभाबाट टीआरसी विधेयक सर्वसम्मतिले पारित

काठमाडौं। राष्ट्रिय सभाबाट बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ सर्वसम्मतिले पारित भएको छ । संक्रणकालिन न्याय सम्वन्धी उक्त विधेयक प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा सन्देशसहित पठाइएको थियो ।

कानुन तथा न्याय संसदीय मामिलामन्त्री अजयकुमार चौरासियाले टीआरसी विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । मन्त्री चौधरासियाले प्रस्ताव प्रस्तुत गरेसँगै राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले उक्त प्रस्ताव निर्णायर्थ प्रस्तुत गरेका थिए । राष्ट्रिय सभा अध्यक्ष दाहालले निर्णायर्थ प्रस्तुत गरेसँगै उक्त विधेयक सर्वसम्मतिले पारित भएको घोषणा गरेका हुन् ।

सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बिहीबार बसेको राष्ट्रियसभाको बैठक । तस्बिरः प्रदीपराज वन्त/रासस

दुवै सदनबाट पारित भएको उक्त विधेयक अब राष्ट्रपतिबाट प्रमाणीकरण भएर राजपत्रमा प्रकाशित भएपछि ऐनको रुपमा लागू हुनेछ ।