७ जेष्ठ २०८३, बिहिबार 1779413510
अर्थ

स्टार माइक्रो इन्स्योरेन्सले आइपिओ ल्याउने, एनआईएमबी एस क्यापिटल बन्यो बिक्री प्रवन्धक

काठमाडौं। स्टार माइक्रो इन्स्योरेन्स लिमिटेडले साधारण सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ। इन्स्योरेन्सले आइपिओ निष्कासन गर्न बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विश्वराम तिमिला र निष्कासन तथा बिक्री प्रबन्धक कम्पनीका महाप्रबन्धक सचिन्द्र ढुंगानाले सम्झौतामा हस्ताक्षर गरेका छन्।

कम्पनीले जारी पुँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँको २२ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ।

२०७९ पुसमा लघुबिमा व्यवसाय गर्न लाइसेन्स पाएको कम्पनीले २०८० भदौदेखि निर्जीवन लघुबीमा व्यवसाय सुरु गरेको हो। नेपाल बिमा प्राधिकरणले न्यून आय भएका एवं पिछडिएका क्षेत्रका वासिन्दा र सिमान्तकृत समुदायका व्यक्तिलाई बिमाको दायरामा ल्याउन माइक्रो इन्स्योरेन्सलाई लाइसेन्स दिएको थियो।

प्राधिकरणले माइक्रो इन्स्योरेन्सको चुक्ता पुँजी ७५ करोड रुपैयाँ तोकेको छ।