४ आश्विन २०८१, शुक्रबार 1726841965
अर्थ

कुमारी बैंकका ग्राहकलाई दुसित थानी हिमालयन रिसोर्टमा छुट

काठमाडौं । कुमारी बैंक लिमिटेडका ग्राहकले धुलिखेल स्थित दुसित थानी हिमालयन रिसोर्टमा विशेष छुट पाउने भएका छन् ।

छुट प्रदान गर्ने सम्बन्धमा दुवै संस्थाबीच सम्झौता भएको छ ।

सम्झौता अनुसार रिसोर्टबाट उपलब्ध हुने खाना तथा पेय पदार्थ, देवराणा वेलनेस (स्पा), स्वीमिङ, ज्याकुजी लगायत सेवामा १५ प्रतिशत छुट उपलब्ध हुनेछ ।

छुट पाउनका लागि कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड, मोबाइल बैकिङ सेवाबाट रकम भुक्तानी गर्नुपर्ने छ । यस सुविधाबाट सेवाग्राहीहरूले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सक्ने बैंकले विश्वास लिएको छ ।