४ आश्विन २०८१, शुक्रबार 1726867114
Banner

स्कूलबाट फर्कदै गरेकी बालिकाको खोलाले बगाएर मृत्यु

मकवानपुर- मकवानपुरमा खहरेले बगाएर एक बालिकाको मृत्यु भएको छ । मनहरी गाउँपालिका वडा नम्बर ८ सिम्पानी गुरुङडाँडा बस्ने जितेन्द्र गुरुङको वर्ष १४ की रितिका भनिने रन्जिता गुरुङको खहरेले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

युनाइटेड बोर्डिङ स्कुलमा अध्ययनरत गुरुङलाई स्कुलबाट घर फर्किदै गर्दा घर नजिकैको मोरङ्गे खहरेले बगाएको थियो । उनको शव अन्दाजी २ मिटर पर जनसेवा क्रसर नजिकै फेला परेको प्रहरीले जनाएको छ ।

मृतक गुरुङको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको छ । खहरेले बगाएको अर्का एक छात्रको सकुशल उद्धार गरिएको छ । महेन्द्रकिरण माविमा अध्ययनरत १७ वर्षीय इशान गुरुङलाई सकुशल उद्धार गरिएको मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । उनको मनहरी अस्पतालमा उपचार भइरहेको छ ।