५ आश्विन २०८१, शनिबार 1726907019
Banner

गर्भपतनको मुद्दामा ह्यारिस र ट्रम्पबिच चर्काचर्की

वाशिङटन डीसी । अमेरिकामा आगामी नोभेम्बरमा हुन लागेको राष्ट्रपतिको निर्वाचन अघि कमला ह्यारिस र डोनाल्ड ट्रम्प बुधबार पहिलो पटक खुला बहसमा आमने सामने भए । एबीसी न्यूजको सो बहसका क्रममा डोनाल्ड ट्रम्पले कमला ह्यारिसलाई गर्भपतनसम्बन्धी नियम परिवर्तन गर्न खोजेको आरोप लगाएका थिए । ‘डेमोक्र्याटहरू ९औँ महिनामा पनि गर्भपतन गर्ने अधिकार दिन चाहन्छ, ’ एबीसी न्यूज प्रेसिडेंशियल डिबेटमा ट्रम्पले भने । ह्यारिसको उपराष्ट्रपतिको लागि चयन गरेको टिम वाल्ट्जले ९औँ महिनामा गर्भपतनको अधिकारलाई समर्थन गरेको उनले बताए ।

यो विषयमा ट्रम्पले सरकारले बच्चा जन्मिएपछि मार्ने अधिकार दिन चाहन्छ भनेर समेत भन्न भ्याए । ट्रम्पको भनाइको प्रतिकार गर्दै ह्यारिसले यस्तो खालको कानुन भएको कुनै राज्य नभएको बताइन् । ट्रम्पले दुई वर्ष पहिले गर्भपतन अधिकारलाई उल्टाउने तीन सर्वेच्च अदालतका न्यायाधीशहरू नियुक्त गरेको कुरा पनि ह्यारिसले बहसका क्रममा उल्लेख गरेकी थिइन् । ट्रम्पले गर्भपतनमा लगाएको प्रतिबन्धमा कुनै अपवाद नभएको अनि बलात्कारको मामलामा पनि यसमा छूट नभएको उनले बताइन् । यी सबै सर्वसाधारलले चाहेका हुन् भने र ट्रम्पले भनिरहेको भएपनि उनीहरुले यस्तो नचाहेकोमा ह्यारिसले जोड दिएकी थिइन् ।