३ आश्विन २०८१, बिहिबार 1726782569
Banner

काठमाडौंमा सुरु भयो इन्द्रजात्रा

काठमाडौं । काठमाडौं उपत्यकामा इन्द्रजात्रा पर्व आजदेखि सुरु भएको छ । हनुमानढोका अगाडि इन्द्रध्वजासहितको लिंगो ठड्याएपछि इन्द्रजात्रा सुरु भएको हो । यस जात्रामा गणेश, भैरव र कुमारीको रथयात्रा, विभिन्न देवीदेवताको पूजा र नाचगान गरी आठ दिनसम्म मनाइन्छ । इन्द्रजात्राको मुख्य दिन असोज १ गते पर्दछ ।

यस दिन राष्ट्रपतिले इन्द्रजात्रा अवलोकन गर्ने प्रचलन छ । सो दिन सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा पनि दिने गर्दछ । इन्द्रलाई वर्षा र सहकालका देवताको रुपमा पूजा गरिन्छ । इन्द्र जात्रा काठमाडौं ललितपुर, भक्तपुर, काभ्रे, दोलखालगायत जिल्लामा विशेष उल्लासका साथ मनाइन्छ ।