३ आश्विन २०८१, बिहिबार 1726776356
कला/साहित्य

मिस नेपाल आश्माकुमारी बनिन् राप्रपाको केन्द्रीय सदस्य

काठमाडौँ । राप्रपाले मिस नेपाल वर्ल्ड–२०२४ विजेता आश्माकुमारी केसीलाई केन्द्रीय सदस्य बनाएको छ । राप्रपाको नवीन राप्रपा कार्ययोजना अन्तर्गत ४० वर्षमुनिका २० युवालाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने क्रममा आवश्यक प्रक्रिया पूरा पछि केसी पनि केन्द्रीय सदस्य बनेकी हुन् ।

पार्टीको छनौट समितिले विभिन्न मापदण्डका आधारमा अन्तर्वार्ता लिएर उत्तीर्ण भएपछि उनी केन्द्रीय सदस्य बनेको बताइएको छ । उनीसँगै अन्य २० जना युवालाई पनि केन्द्रीय सदस्यमा मनोनय गरिएको छ ।

गत साउनमा सम्पन्न ग्राण्ड फिनालेबाट उनी मिस नेपाल वर्ल्ड–२०२४ विजयी भएकी थिइन् ।