८ आश्विन २०८१, मंगलबार 1727193982
Banner

सुनको मूल्य तोलामा १ लाख ६० हजार नजिक

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा १ लाख ६० हजार नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य हालसम्मकै उच्च हुँदै १ लाख ५९ हजार ७०० रुपैयाँ कायम भएको हो ।

अघिल्लो दिन सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५९ हजार २०० रुपैयाँ कायम भएको थियो । यस्तै मंगलबार चाँदीको मूल्य भने सामान्य घटेको छ । सोमबार तोलामा १ हजार ९२० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार ५ रुपैयाँ घटेर तोलामा १ हजार ९१५ रुपैयाँ कायम भएको हो ।