३० आश्विन २०८१, बुधबार 1729106498
समाचार

बसलाई ट्रकले ठक्कर दिँदा एकजना घाइते

चितवन : चितवनको भरतपुर महानगरपालिका २९ मा मुग्लिङतर्फ जाँदै गरेको बस अनियन्त्रित भई डिभाईडराम ठोक्किँदा एकजना घाइते भएका छन्। बसमा सवार भक्तपुरका १९ वर्षीया अपिया सुहाल सामान्य घाइते भएकी छिन्। उनको नाकमा चोट लागेको र उपचारका लागि भरतपुर पठाईएको छ। सेतिदोभानस्थित मुग्लिङ–नारायणगढ सडकखण्डमा नारायणगढबाट मुग्लिङ तर्फ जाँदै गरेको प्र. १–०२–००१ ख ९९८९  नं. को बस आफैँ अनियन्त्रित भई सडक छेउको डिभाइडरमा ठोक्किएको छ।

आज बिहान ५ः ३० बजेको समयमा आफैँ अनियन्त्रित भई सडक छेउको डिभाईडरमा ठोक्किएको बसलाई सोहि दिशा आउँदै गरेको ना ६ ख ४८८७ नं. को डिब्बा ट्रकले पछाडिबाट ठक्कर दिएको थियो।