३० आश्विन २०८१, बुधबार 1729089214
कला/साहित्य

ललितपुरको पाटन हस्पिटल नजिकै पनास रनवे बुटिक सन्चालनमा

ललितपुर । ललितपुरको पाटन हस्पिटल नजिकै पनास रनवे बुटिक सन्चालनमा आएको छ । बिहिबार आयोजित एक कार्यक्रममा अभिनेत्री गौैरी मल्ल, पुजा शर्मा, नायक पुष्प खडका, गायिका देविका बन्दना, रेखा शाह लगायतका कलाकारले बुटिकको उदघाटन गर्नुभयो ।

फेसन डिजाईनर स्वेता सिरोहिया रोका र पुनम क्षेत्री गौतमको सहकार्यमा पनास रनवे सन्चालनमा आएको हो ।

बुटिकको उद्घाटन गर्दै अभिनेत्री गौरी मल्लले विवाह, ब्रतबन्ध, पासनी, जस्ता कार्यक्रमलाई अझ भव्य र आलिसान बनाउन पनास रनबे बुटिकले उत्कृष्ट डिजाईनका पहिरनहरु प्रस्तुत गरेकोमा खुसी व्यक्त गर्नुभयो । विवाहका लागि आबस्यक बेहुला बेहुलीका राजसी शैलीका कपडादेखि सबै प्रकारका पारम्पारिक तथा आधुनिक किसिमका उत्कृष्ट डिजाईन पाइने भन्दै उहाँले कलाकारका लागिपनि उत्कृष्ट डिजाइनका लुगा बन्ने बताउनुभयो । कलाकार भएको नाताले हरेक समय नयाँ नयाँ डिजाइनका कपडा आवश्यक भइरहेको अवस्थामा आफुले पनासकै डिजाइन प्रयोग गर्ने गरेको उहाँको भनाई थियो।

बुटिकमा बेहुला बेहुलीको सबै प्रकारको सेट सहितको पहिरन, विवाहको लागि आबस्यक सबै प्रकारको पारम्पारिक पहिरनदेखि विविध सामग्री पाईने सञ्चालक पुनम क्षेत्रि गौतमले बताउनुभयो ।

‘हाम्रो बुटिक विवाह, ब्रतबन्ध, पास्नी, जस्ता समारोहलाई लक्षित गरेर सञ्चालनमा ल्याईएको हो । हामी तीन जना महिलाले सञ्चालनमा ल्याएको यो बुटिकमा विवाहको लागि बेहुला बेलुलीको सबै प्रकारको सेट पहिरन सहित, साडी, कुर्था सुरुवाल, गाउन, सेरवानी जस्ता विभिन्न प्रकारका गुणस्तरयुक्त र उत्कृष्ट पहिरनहरु पाईन्छ ।’ पुनमले भन्नुभयो ।

उद्घाटन समारोहमा सञ्चालक स्वेता शिरोहिया रोकाले देश बाहिर बनेका पहिरनलाई नेपालमै सहज रुपमा उपलब्ध गराउने आफनो उदेश्य भएको बताउनुभयो । नेपालमा विवाह व्रतबन्ध जस्ता कार्यक्रमको आयोजना हुने बित्तिकै मुम्बई, पूना दौडिएर जानुपर्ने धेरैको बाध्यता भएको भन्दै त्यसलाई मध्य नजर गदै आफुले बुटिक सञ्चालनमा ल्याएको उहाँको भनाई थियो। पनास बुटिकमा कुर्ता, सुरुवाल साडी, विवाहका लागि चाहिने सवै प्रकारका कपडा पाईने स्वेताले बताउनुभयो । पनासमा सस्तोमा राम्रो सेवा दिईने उहाँले बताउनुभयो ।

उद्घाटन समारोहमा अभिनेत्री गौरी मल्लसहितका कलाकारहरुले केक काटेर पनास रनवेको उद्घाटन गरेका थिए । कार्यक्रममा कलाकार पत्रकार समाजसेवीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।