८ मंसिर २०८१, शनिबार 1732396883
Banner

पोखरामा रास्वपाको प्रदर्शन


पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्षमा पोखरामा प्रदर्शन भएको छ ।

जिल्ला अदालत कास्की आसपासको क्षेत्रमा ठूलो सङ्ख्यामा उपस्थित रास्वपाका नेता–कार्यकर्ताले आँखामा कालोपट्टी बाँधेर प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले भ्रष्ट सरकार मुर्दावाद, केपी ओली मुर्दावाद, राजनीतिक प्रतिशोध साध्ने सरकार चाहिँदैन । रवि दाइ, हाई हाई लगायत नारा लगाउँदै प्रदर्शन गरिरहेका छन् ।

लामिछानेलाई केहीबेरमा जिल्ला अदालत कास्कीमा पेस गरिँदैछ । उनलाई सहकारी ठगी तथा सङ्गठित अपराधमा शुक्रबार प्रहरीले पार्टी कार्यालय चमतीबाट पक्राउ गरेको थियो ।