८ कार्तिक २०८१, बिहिबार 1729800847
Banner

रवि लामिछानेको म्याद थपबारेको बहस सकियो

काठमाडौँ । म्याद थपका लागि अदालतमा उपस्थित गराइएका रास्वपाका सभापति रवि लामिछानेबारेको बहस सकिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा बहस सकिएको हो ।

सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका लामिछाने र पूर्वडीआईजी तथा रविकै तत्कालीन साझेदार छविलाल जोशीलाई समेत बिहीबार प्रहरीले म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो । अदालतमा बहस सकिएपनि म्याद थपबारे आदेश भने नसकेको अदालतले जनाएको छ ।