५ आश्विन २०८१, शनिबार 1726943564
Banner

ढाँट्ने कुरा बाँकी नरहेकोले माओवादीले चुनावी घोषणापत्र नै ल्याउन सकेन : केपी ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ढाँट्ने कुरा बाँकी नरहेकोले माओवादीले चुनावी घोषणापत्र नै ल्याउन नसकेको बताउनुभएको छ ।

मनमोहन अधिकारीको २३ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘माओवादी भन्ने पार्टी होइन केन्द्र हो । माओवादीले चुनावी घोषणापत्र नै निकालेन, माओवादीको चुनावी घोषणापत्र छैन । यो पार्टी भयो त ? किन ननिकालेको ? उसले के गर्दैछ भन्नै मिल्दैन । हुन त उल्टा कुरा गर्न अप्ठेरो लाग्दैन ।’

कांग्रेसको घोषणापत्र विचार शून्य गाली पुराण भएको उहाँको भनाई थियो । ‘कांग्रेस सभापतिजी, प्रधानमन्त्री शेरबहादुरजीले यस्तै काम गर्नुहुन्छ र हामीलाई सजिलो पर्छ । कांग्रेसको नेतृत्व यस्तो भइरहोस् । गतिलो सरकार भयो भने हामीलाई अझ मेहनत गर्नु पथ्र्यो नि,’ उहाँले थप्नुभयो, ‘कांग्रेसको चुनावी घोषणापत्र लद्दु विद्यार्थीको चिट चोराइ जस्तो छ, जनताले त पढ्दै पढ्दैन । नेपाली कांग्रेस चिन्नको लागि हामीले धैर्यताका लागि पढ्न जरुरी हुन्छ । कांग्रेसको घोषणापत्र आफ्नै मुखबाट बकपत्र हो । कांग्रेस के हो ?,’