७ मंसिर २०८१, शुक्रबार 1732265685
Banner

उम्मेदवारको संख्या १ लाख ४१ हजार पुग्यो

काठमाडौं – स्थानीय तहको विभिन्न पदमा उम्मेदवारी दिनेहरूकोसंख्या एक लाख ४१ हजार पुगेको छ । निर्वाचन आयोगले बिहान १०ः३० बजे अध्यावधिक विवरण दिंदै मनोनयन दर्ता गर्नेहरुको संख्या एक लाख ४१ हजार ४६८ पुगेको जानकारी दिएको हो ।

महानगर, उपमहानगर र नगरपालिकाको नगरप्रमुखमा तीन हजार ३१८, नगर उपप्रमुखमा दुई हजार ३६ जनाको उम्मेदवारी परेको छ । गाउँपालिकाको अध्यक्षमा तीन हजार ३०६ जनाको र उपाध्यक्षमा २३४३ जनाको उम्मेदवारी परेको छ ।

वडाअध्यक्षमा ३३ हजार १११, महिला सदस्यमा २४ हजार २८३, दलित महिला सदस्यमा २१ हजार ९७९ र सदस्यमा ५१ हजार ९२ जनाको उम्मेदवारी परेको छ ।