१४ कार्तिक २०८१, बुधबार 1730300985
Banner

सहकारी समस्याको चिरफार ! किन आक्रान्त बन्दैछ सहकारी बिरुद्दको आन्दोलन ?

काडमाडौं । नेपालको अर्थतन्त्रका तीनवटा महत्वपुर्ण खम्वाहरु छन, सरकारी, निजी र सहकारी । नेपालमा अहिले कषि, वचत तथा ऋण, बहुृउदेश्यीय, दुग्ध, आदि सहित ३६ हजारभन्दा वढी सहकारी संस्थाहरु रहेका छन । यी सहकारीहरुमा लगभग ७० लाखभन्दा वढी सदस्यहरु रहेका छन ।

नेपालका यी सहकारीहरुले हाल ६० हजारदेखि ७० हजारसम्म प्रत्यक्ष रोजगारी उपलव्ध गराएका छन र वार्षिक करीव ९ खर्व वरावरको कारोवार सहकारीहरुले गरिरहेका छन । नेपालको आर्थिक चित्रमा सहकारीको यो उपस्थिति हुँदाहुदै अहिले किन सहकारीहरुप्रति हेर्ने नागरिकको दृष्टिकोण ठीक छैन ? किन सहकारीहरुप्रति नागरिकहरुको भरोसा छैन ? सहकारीहरुले किन नागरिकहरुकावीचमा आर्थिक विश्वास गुमाउदैछन ? सहकारीहरु किन ध्वस्त हुदैछन ? वा यसलाई किन ध्वस्त वनाइदैछ ? सहकारीकाकारण किन आज प्रतिष्ठित मानिसहरुसम्म वन्दाम हुदैछन ? यी प्रश्नहरु अहिले सवैको चासोको विषय वनेको छ ।