८ मंसिर २०८१, शनिबार 1732406750
समाचार

छोरी जन्मेको खुसियालीमा विपन्नलाई न्यानो कपडा वितरण

जनकपुरधाम । छोरी जन्मेको खुसियालीमा धनुषाका एक परिवारले विपन्नहरूलाई न्यानो कपडा वितरण गरेका छन् । दोस्रो सन्तानको रुपमा छोरी पाएको खुसीमा बटेश्वर गाउँपालिका-१ चित्रपुरका मनोजकुमार महतो र रेखाकुमारीले सोमबार १७३ विपन्न परिवारलाई फाइवर सिरक वितरण गरेका हुन् ।

नेकपा एमालेका सचिव तथा पूर्वउपप्रधानमन्त्री रघुवीर महासेठ र एमाले मधेश प्रदेशका प्रमुख सचेतक हरिनारायण महतोको हातबाट न्यानो कपडा वितरणको उदघाटन गरिएको थियो । छठिहारको अवसरमा जाडोबाट जोगिन बटेश्वर गाउँपालिकाका-१ भित्रका १७३ परिवारलाई न्यानो वितरण गरिएको महतोले बताए । छोरीप्रतिको दृष्टिकोण परिवर्तन गर्न नातिनी जन्मेको खुसीमा न्यानो वितरणसँगै साधुशन्तको भण्डारा (भोज) समेत आयोजन गरिएको हजुरबुबा रामचन्द्र महतोको भनाइ छ ।