७ जेष्ठ २०८३, बिहिबार 1779381014
Banner

ज्योती गुरुङसहित दुई जनाविरुद्ध रेड नोटिस जारी

काठमाडौं-मितेरी सहकारीको बचत अपचलनमामा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङ र ज्योतिबहादुर भण्डारीविरूद्ध रेड कर्नर नोटिस जारी गरेको छ। 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआइबी) ले इन्टरपोलमार्फत नोटिस जारी गरी पक्राउको प्रक्रिया अगाडि बढाएको हो।

अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरो–सीआईबीले उनीहरुविरुद्ध रेड नोटिस जारी गर्न नेपालस्थित नेसनल कन्ट्रोल ब्युरो-एनसिबीमार्फत इन्टरपोललाई आग्रह गरेको थियो।