७ जेष्ठ २०८३, बिहिबार 1779369882
Banner

रवि लामिछानेलाई आज चौथो पटक म्याद थपका लागि अदालत लगिर्दै

काठमाडौँ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आइतवार चौथो पटक म्याद थपका लागि अदालत लगिने भएको छ।

तेस्रो पटक थपिएको म्याद आज सकिएसँगै आज अदालत उपस्थित गराउन लागिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी वसन्तकुमार शर्माले जानकारी दिए।

यसअघि सुरुमा ६ दिन, त्यसपछि ७ दिन र तेस्रो पटक १० दिन म्याद थपिएको थियो। कार्तिक २ गते काठमाडौँमा पक्राउ परेका लामिछानेमाथि कास्की प्रहरीले सहकारी ठगीको अभियोगमा अनुसन्धान गरिरहेको छ।

रूपन्देहीको बुटवलमा रहेको सुप्रिम सहकारीको बचत रकम अपचलनबारे उनलाई पक्राउ पुर्जी जारी भइसकेको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारीका अनुसार रविलाई रुपन्देही ल्याउन प्रहरी तयारी अवस्थामा रहेको छ।