काठमाडौं : गौशालामा काठमाडौं महानगरको डोजर चलिरहँदा अवरोध गर्न खोजेका अभियन्ता सुमन सायमीलाई प्रहरीले पक्राउ गरेको छ । गौशाला चोकस्थित फुटपाथ मिचेर बनाइएको संरचना भत्काउन डोजरसहित महानगर प्रहरीको टोली पुगेपछि मारवाडी सेवा समितिका र स्थानीय सँगै सायमी पनि सडकमा उत्रिँएका थिए ।
सायमीलाई डोजर रोक्न अगाडि नै सुतेपछि प्रहरीले उठाएर गाैशाला प्रहरी वृतमा पुर्याएका थिए । नगरप्रहरीले चक्रपथ सडक सीमा मिचिएको भन्दै घरहरूमा डोजर चलाइरहेको छ । डोजर आउनासाथ स्थानीयवासीहरुले विरोध गरे पनि नगर प्रहरी रोकिएन ।