३० कार्तिक २०८१, शुक्रबार 1731704706
Uncategorized

१२ प्रतिशत बोनस प्रस्ताव सहित सिटी एक्सप्रेस सहाकारीको साधारण सभा सप्पन्न

काठमाडौं । सिटी एक्सप्रेस बचत तथा ऋण सहाकारीको १५ औ साधारण सभा सप्पन्न भएको छ । शुक्रबार लाजिम्पाट स्थित संकर होटलमा लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री धर्मेन्द्र कार्किको प्रमुख आतिथ्यतामा सहकारीको साधारण सम्पन्न भयो ।

सस्थाका अध्यक्ष कृष्णराज पौडेलले सस्थाको प्रतिवेदन प्रस्तुत गर्नुभयो । त्यस्तै लेखा समिती संयोजक अशोक टण्डनले सस्थाको लेखा सुपरिवेक्षण प्रतिवेदन प्रस्तुत गर्नुभयो भने सस्थाका कोषाध्यक्ष हरि प्रसाद शर्मा वाग्लेले सस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । साथै सस्थाले सेयरधनिलाई १२ प्रतिशत बोनस प्रस्ताव गरेको छ ।