२ मंसिर २०८१, आइतबार 1731863125
राजनीति

कीर्तिपुरमा राप्रपाले उठायो ज्ञानेन्द्रको पालामा चुनाव जितेका महर्जनलाई मेयरको उम्मेदवार

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले कीर्तिपुर नगरपालिकाको मेयर पदमा उम्मेदवारी दर्ता गरेको छ । सो पार्टीको तर्फबाट आइतबार ध्रुव महर्जनले उम्मेदवारी दर्ता गराएका छन् । उनी पेशाले इन्जिनियर हुन् । उनी २०६२ सालमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले गरेको नगर चुनावमा मेयरमा विजयी भएका थिए । त्यसबेला उनी ५८ दिन मेयर भएका थिए ।

उम्मेदवारी दर्ता गर्दै उनले भने– ‘मलाई चुनौती छ, कीर्तिपुरलाई नयाँ बनाएर काम गरेर देखाउँछु । १९ वर्षमा विकासमा नभएको काम गरेर देखाउँछु । बाँकी अधुरा र  काम गरेर देखाउँछु । ५८ दिनमा गर्न नसकेको काम गरेर देखाउँछु ।त्यस्तै राप्रपाले सो नगरपालिका– १ को अध्यक्ष पदमा सुरेन्द्र उप्रेती, वडा नम्बर ४ को अध्यक्ष पदमा विजेश बस्नेतलाई उठाएको छ । उनीहरुले पनि मनोनयन दर्ता गराएका छन् । ’